• ट्रेण्डिङ्ग :
सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने

सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने


  • 12.8K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 19.8K Views

    सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने

    काठमाडौं, २६ जेठ । सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने भएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार समितिबीच वार्ता हुन लागेको हो । 

    images

    वार्ताका लागि बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपाध्यक्ष सनत उप्रेतीले जानकारी दिए । उनका अनुसार वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेंसी नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ । उपाध्यक्ष उप्रेतीले मन्त्रालयले माग पूरा नगरे प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ जाने आफूहरुको तयारी रहेको बताए ।

    सरकार र काठमाडौं महानगरपालिकाले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेको भन्दै संघर्ष समितिले फोहोर विर्सजन गर्न दिएका छैनन् । उनीहरूले बुधबार फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका झन्डै डेढ सय ट्रकहरु फर्काइदिएका थिए । ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएपछि फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेका थिए ।

    बिहीबार पनि प्रहरीलाई प्रतिकार गर्न र फोहोरका ट्रक आएमा प्रवेश नदिने भन्दै उनीहरु ढुंगामुढासहित बसिरहेका छन् । सरोकार समिति उपाध्यक्ष उप्रेतीले प्रहरीले घरमा रहेका र खेतमा काम गरिरहेका नागरिकलाई पनि धरपकड गरेको आरोप लगाए । शान्तिपूर्णरूपमा यसअघिका सहमति कार्यान्वयन हुनुपर्‍यो भन्दा राज्यले प्रहरी प्रशासन लगाएर हामीमाथि ज्यादती गरेको उनको भनाइ छ । काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार १४ गतेपछि स्थानीय अवरोधका कारण उपत्यकाको फोहोर ढुवानी रोकिएको हो । जसकारण उपत्यकाका ठाउँ ठाउँमा फोहोर थुप्रिएका छन् भने दुर्गन्ध फैलिरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप