काठमाडौं,२७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको स्थानबाट तल दुईवटा शव र कार भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याममा शुक्रबार बिहान सडक भासिँएको थियो । सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
मृतकको सनाखत भएको छैन। कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको प्रहरीले जनाएको छ। तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ।
