• ट्रेण्डिङ्ग :
खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको शव भेटियो

खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको शव भेटियो


  • 5.6K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको शव भेटियो

    काठमाडौ,२८ जेठ । तनहुँको कुखुरे खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको नामबाट चिनिने याम बिकको आज बिहान शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका १० कुखुरे खोला बस्ने बिक शुक्रबार वेपत्ता भएका थिए ।

    images

    आफ्नै घर जाने क्रममा खोलामा आईरहेको भेलले उनलाई बगाएको थियो । हिजो रातिदेखि स्थानीय र प्रहरीको सहायतामा खोजी कार्य जारी राखिएकामा आज विहान ७ बजे उक्त स्थानदेखि ४ सय मिटर तल ब्राहा खोलाको छेउमा बिक मृत अबस्थामा फेला परेका हुन् । ५२ वर्षिय बिकको खोलाले बगाएर मृत्यु भएको देखिए पनि घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप