काठमाडौं, २८ जेठ । काभ्रेपलाञ्चोक स्पुरातत्त्व अभियन्ता श्रीकृष्ण धिमाल युरोपियन पुरातत्व संघको सदस्यता पाउने पहिलो नेपाली बनेका छन्।
लामो समयदेखि पुरातत्त्व उत्खनन् र खोजमा सक्रिय पाँचखाल नगरपालिका (७ का श्रीकृष्ण धिमाल युरोपियन पुरातत्व संघको सदस्य बन्न सफल भएका हुन्। धिमालले आफू सदस्यता पाउने पहिलो नेपाली भएको बताएका छन्। विगत लामो समएदेखि पाँचखाल लगायत देशभरका पुरातात्विक सम्पदाहरुको खोजिमा निरन्तर जुट्दै आएका धिमालले अनुसन्धानको पुरातात्विक सम्पदाहरुको संरक्षणमा सरकारलाई दबाब दिँदै आएका छन्।

उनकै पहलमा पुरातत्त्व बिभागले उत्खनन् गर्दा पाँचखालमा दरबारको भग्नाबशेष र प्राचीन पाईपलाईन लगायतका पुरातात्विक संरचना फेला परेको थियो। यससँगै थप सम्भाव्यता अध्ययनका लागि जिओफिजिक्स सर्भे गराउन समेत उनले उल्लेख्य भुमिका खेलेका थिए।
