• ट्रेण्डिङ्ग :
आईसीसी विश्वकप लिग टू: नेपालले अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप लिग टू: नेपालले अमेरिकासँग खेल्दै


  • 7.2K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    आईसीसी विश्वकप लिग टू: नेपालले अमेरिकासँग खेल्दै

    काठमाडौं, २८ जेठ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेलमा अमेरिकासँग खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।

    images

    सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ  । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्ने योजनामा छ । आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । सिरिजमा आफूलाई बलियो बनाउन आजको खेलमा जित निकाल्दै पर्ने दबाब छ ।

    यता अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल तुलनात्मक हिसाबमा अमेरिकाभन्दा बलियो टोली हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ ।

    लिग टू को अंक तालिकामा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । यता अमेरिका २२ खेलमा २६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । 


    तेस्रो आँखा
    लेखकबाट थप