• ट्रेण्डिङ्ग :
सितापाइलामा आफ्नै घरको पाँचौं तलाबाट खसेर एक जनाको मृत्यु

सितापाइलामा आफ्नै घरको पाँचौं तलाबाट खसेर एक जनाको मृत्यु


  • 7.7K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    सितापाइलामा आफ्नै घरको पाँचौं तलाबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं, २८ जेठ । काठमाडौंको सितापाइलामा घरबाट खसेर एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

    images

    उनी आफ्नै घरको पाँचौं तलाबाट खसेको प्रहरी उपरीक्षक मैनालीले बताए। ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए। घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले पौने १ बजे नै मृत घोषणा गरेको प्रहरी परिसरले जनाएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप