काठमाडौं, १८ जेठ । नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धार अझै हुन सकेको छैन ।
शनिबार बिहान ९ बजेदेखि निरन्तर विद्युत प्रशारण लाइनमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घले गाउँका माइला विकको उद्धारमा समस्या स्थानीय प्रहरी जुट्दा पनि उसलाई तल झार्न सकिएको छैन । ४४ वर्षीय माइला विक मानसिक रोगी रहेको बुझिएको छ ।
झन्डै ८ घण्टादेखि विक विद्युत तारमा बस्ने तथा हिँड्ने गरिरहेका छन् । २ सय २० केभीको सो प्रशारण लाइनमा विद्युत आपूर्ति बन्द छ भने बिद्युत प्राधिकरणले बिद्युत उत्पादन समेत बन्द गरेको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।
