• ट्रेण्डिङ्ग :
हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई हेलिकप्टरमार्फत उद्धार , उनका कारण एक करोड घाटा

हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई हेलिकप्टरमार्फत उद्धार , उनका कारण एक करोड घाटा


  • 11.4K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई हेलिकप्टरमार्फत उद्धार , उनका कारण एक करोड  घाटा

    काठमाडाैं,२८ जेठ । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

    images

    bijuli.jpgमानसिक रूपमा अस्वस्थ रहेका उनी प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई एक करोड बढीको घाटा भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार करिब ९ घण्टा विद्युत् अवरुद्ध हुँदा एक करोड बढीको घाटा भएको बताए ।

    यकिन तथ्याङ्क निकाल्न केही समय लाग्ने भएपनि एक करोड बढीको घाटा भएको बताए । ककनी(७ मा रहेको माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजे बेलकोटगढी नगरपालिका(१३ घलेगाउँका माइला बिक चढेपछि विद्युत् बन्द प्रवाह गर्नुपरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप