• ट्रेण्डिङ्ग :
मैदानमै बेहोस भएर ढलेका प्रशिक्षक अल्मुताइरी डिस्चार्ज 

मैदानमै बेहोस भएर ढलेका प्रशिक्षक अल्मुताइरी डिस्चार्ज 


  • 5.6K
    SHARES
    • जेठ २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    मैदानमै बेहोस भएर ढलेका प्रशिक्षक अल्मुताइरी डिस्चार्ज 

    काठमाडौं,२९ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

    images

    प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’ उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् ।

    दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।

    नेपालले कुवेतसँग पहिलो हाफमा १ गोल खाएको थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलो हाफमा रेफ्री र फोर्थ अफिसियलसँगको विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेलो कार्डसमेत देखाइएको थियो । पहिलो खेलमा जोर्डनसँग २-० ले हारेको नेपालले कुवेतसँगको यो खेल ४-१ गोलअन्तरले गुमाएको छ । लगातार दुई हारसँगै नेपालको एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप