• ट्रेण्डिङ्ग :
आँबुखैरेनी–मुग्लिन खण्डमा राति सवारी साधन सञ्चालन

आँबुखैरेनी–मुग्लिन खण्डमा राति सवारी साधन सञ्चालन


  • 11.5K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    आँबुखैरेनी–मुग्लिन खण्डमा राति सवारी साधन सञ्चालन

    काठमाडौं,३० जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।  आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो ।

    images

     रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर रातिको समयमा पनि सानाठूला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

    सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ । उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासन कार्यालयले जनाएको छ । 

     


    तेस्रो आँखा
    लेखकबाट थप