• ट्रेण्डिङ्ग :
१० वटा कछुवासहित २ जना पक्राउ

१० वटा कछुवासहित २ जना पक्राउ


  • 6.1K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    १० वटा कछुवासहित २ जना पक्राउ

    काठमाडौं,३० जेठ । नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप