• ट्रेण्डिङ्ग :
काँडाघारीमा आफैंले घाँटी रेटेर युवकले गरे आत्महत्याको प्रयास

काँडाघारीमा आफैंले घाँटी रेटेर युवकले गरे आत्महत्याको प्रयास


  • 8.0K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    काँडाघारीमा आफैंले घाँटी रेटेर युवकले गरे आत्महत्याको प्रयास

    काठमाडौं,३० जेठ । दम्पतीको बीचमा विवाद हुँदा काठमाडौंको काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् ।

    images

    दम्पतीको बीचमा मनमुटाव हुँदा कार्कीले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए । प्रहरी प्रभाग काँडाघारीको टोलीले उद्दार गरेर उनलाई अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको छ ।

    पत्नीले उनलाई ट्रमा सेन्टरमा उपचार गराइरहेकी छिन् । पति पत्नीको बीचको मनमुटाव धेरै पटक प्रहरीसम्म पुगेको थियो । प्रहरीले उनीहरुलाई पटक–पटक सम्झाउने गरेको थियो । ३ दिनदेखि घर नगएका गणेशले आइतबार राति आफू बस्ने १ तले टहरोमा आत्महत्या प्रयास गरेका हुन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप