• ट्रेण्डिङ्ग :
परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित


  • 5.9K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

    काठमाडौं,३० जेठ । परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् ।.समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो ।

    images

    तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् । सभापति खरेलले भनिन्, ‘अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन ।

    कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो ।’ मन्त्री नभए पनि छलफल गर्न उनले समितिका सदस्यहरुलाई आग्रह गरिन् ।


    तेस्रो आँखा
    लेखकबाट थप