• ट्रेण्डिङ्ग :
नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको सांसद बानियाँको दाबी 

नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको सांसद बानियाँको दाबी 


  • 9.1K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको सांसद बानियाँको दाबी 


    काठमाडौं,३० जेठ । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गरेका छन् ।
    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ रु यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’
    एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए । त्यसका लागि चलेखल भइरहेको उनको दाबी छ ।
    ‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं,’ उनले भने ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप