• ट्रेण्डिङ्ग :
प्याड  किन्न के को लाज ? 

प्याड  किन्न के को लाज ? 


  • 18.9K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 29.1K Views

    प्याड  किन्न के को लाज ? 

    ‘एक्सकिउज मि– मलाई व्हिस्पर दिनु न’– मेडिकलको घुम्ने कुर्सी माथी बसेर आफ्नो मोबाइलमा आँखा दौडाईरहेको दाइलाई भनेँ,‘कति पर्यो ?’

    images

    पसलेले भने, ‘१४० मात्रै’ पहिला त ९० मै पाईन्थ्यो मैले मनमनै सोचेँ र ५०० को नोट उहाँलाई दिएँ । मलाई फिर्ता दिने पैसा हातमै लिएर उहाँ यता उता हेर्दै केही हराएझैं गरि अल्मलिएकाे देखेर मैले फेरि प्रश्न गरेँ ! ‘खुजुरा रैनछ ?’ पसले भन्छन्, होइन, पत्रिका खोजेको’ 

    मैले भनेँ, ‘पत्रीका ? किन ?’ मेरो अनुहारमा हेरेर अचम्म भए झै फेरि उनले भने– ‘यतीकै लानुहुन्छ ?’ म दङ्ग परेँ, हाँसो पनि लाग्यो अनि कता कता रिस पनि उठ्याे । एक मनले सोचेँ यस्तो मान्छे त मेडिकल खोलेर बसेको छ अनि... 

    ‘पत्रीका किन ? मैले के किने तेस्तो लुकाउन पर्ने ? ईलिगल कुरा बेचे झै लुकाएर दिनुपर्ने तपाईले के बेच्नुभो ? तपाई पढेलेखेको मान्छे भएर नि यस्तो कुरा गर्दा त मलाई पो लाज लाग्यो दाइ !’ यती भनेर फिर्ता पैसा लिएर  प्याडको प्याकेट हातमा लिएर घर फर्किएँ । 

    यो कुराले मलाई मनमा अनेक प्रश्नहरु उब्जायो । मनमा अनेक कुराहरु आउन थाले । महिनावारीका कुरा किन यस्तो लुकाउनु पर्छ भन्ने भएको होला ? महिनावारीका कुराहरु खुलेर राख्ने बातावरण अझै भएको छैन । महिनावारी पाप होइन श्रृस्टि सञ्चालनका लागि महिलाको शारीरिक स्वस्थ्यमा हुने मासीक प्रक्रिया त हो ।

    अझैंपनि रजस्वला हुदा ख्याल गर्नुपर्ने कुराहरु/समस्याका कुराहरु प्याडका कुराहरु, एक परिवार, छरछिमेकि र बिद्यालयहरुमा छलफल नहुनु एकदम दुःखद कुरा हो । प्याडका बारे ज्ञान नभएका वा थाहा भएर पनि किन्न लाज मान्नेहरु वा हरेक महिना खरिद गर्न आफ्नो आर्थिक स्थितीले नभ्याउने महिलाहरु पनि धेरै नै छन । महिनावारीको समयमा पुराना कपडाको  प्रयोगले गर्दा पछी गएर पाठेघरमा संक्रमण हुने र अन्य रोगले पनि  दुख नदेला भन्न सकिन्न । प्याडहरु बैज्ञानिक तवरले महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर उत्पादन गरिने हुँदा जोखिम मुक्त हुन्छन् भन्ने जनचेतना फैलाउनु पर्छ । 

    महिलाहरुको प्रजनन स्वास्थबारे कसैलाई चासो नभएकै हो कि ? यो त कुनै विषय नै होइन हाम्रो समाजको लागि । धार्मिक संस्थाहरुले महिनावारीको रगतलाई अपबित्र रगत हो भन्ने धारणालाई प्रोत्साहन गरेर यसलाई बचाईराख्नका लागि विभिन्न कथनहरु रचेका हुन । दुःखद कुरा यी तथ्यहिन कथनलाई अहिलेको पुस्ताले समेत र धेरै जसो ग्रामिण क्षेत्रका मानिसहरुले आस्थाको रुपमा अझै पनि संरक्षण गर्दैछन । यो बिल्कुल गलत हो ।

     प्याड अहिले बजेट अनुसार करलाई परिमार्जित गरेर १.५% बनाईएको छ । अब आयात गरिने प्याडहरुमा ९०% भन्सार महसुल छुट गरिएको छ । नेपालका प्याड उधोगको उत्पादन क्षमता अनुसारको माग भने भएको छैन । प्याड प्रयोग गर्ने महिलाहरुको संख्या कम छ ।  ग्रामीण भेगतिर त प्याड बारे केही पनि ज्ञान छैन होला पनि । सहरमै बस्ने महिला दिदिबहिनिहरुले त हरेक महिना प्याड किन्न भन्दा पुराना कपडाले नै काम चलाउनु हुन्छ भने झन् अशिक्षित र आर्थिक अबस्था कमजोर भएकाले महिनै पिच्छे प्याडको प्रयोग गर्नु त गाह्रो कुरा हो !

    त्यसैले चेतनालाई सबै महिलाको पहुँचमा पुर्याई– प्याडलाई  निशुल्क वितरण गरिदिए कति राम्रो हुन्थ्यो है ? स्वच्छ र मर्यादित महिनावारीका बारेमा  बेलैमा किशोरीहरुलाई गर्व हुनेगरी सुसुचित गराऔँ । महिनावारीका कुराहरु खुलेर गराैं । आफ्नो स्वास्थ्यकाे ख्याल राखाैं– प्याड  किन्न केको लाज  ‘रजस्वला पाप होइन’ भन्ने संस्कार सबैमा बसालौं ।
                                                                                                    पालुङटार नगरपालिका, ५ गोरखाबाट 


    साफ्रिन गिरी
    लेखकबाट थप