• ट्रेण्डिङ्ग :
अमेरिकाको सिकागोमा गोली प्रहारबाट एक सातामा पाँचको हत्या, १६ घाइते

अमेरिकाको सिकागोमा गोली प्रहारबाट एक सातामा पाँचको हत्या, १६ घाइते


  • 6.4K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    अमेरिकाको सिकागोमा गोली प्रहारबाट एक सातामा पाँचको हत्या, १६ घाइते

    काठमाडौं,३० जेठ । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को  गोली प्रहारको घटना भएका छन्। ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तामा भएका घटनामा परि कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन्। 

    images

    अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन्। पछिल्लो समय गोली प्रहारका घटनामा परि धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। पछिल्लो पटक शनिबार दिउसो १२।१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ वर्षीया एक महिलाको हत्या भएको छ।

    यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन्। यही हप्तामा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरु समेत भएको प्रहरी कार्यालयले जनाएको छ। 


    तेस्रो आँखा
    लेखकबाट थप