• ट्रेण्डिङ्ग :
सुनसरीमा बस दुर्घटना, २५ जना घाइते

सुनसरीमा बस दुर्घटना, २५ जना घाइते


  • 9.0K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    सुनसरीमा बस दुर्घटना, २५ जना घाइते

    काठमाडौं,३१ जेठ । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राति बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको हो ।
    विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

    images

    दुर्घटनामा घाइते भएकाको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।
    घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्री सख्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप