काठमाडौं,३१ जेठ । काकड्भित्ताबाट काठमाडौं आउदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन् ।
उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
