• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा 

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा 


  • 9.5K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा 

    काठमाडौं,३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

    images

    तुलसीपुर–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै स्थानीयले उनलाई घरभित्रै थुनेर राखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  स्थानीयको सूचनापछि पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेकी जनाइएको छ। 


    तेस्रो आँखा
    लेखकबाट थप