• ट्रेण्डिङ्ग :
सातै प्रदेशकाे बजेट आजै कृषि, पर्यटन, सडक, खानेपानी प्राथमिकतामा

सातै प्रदेशकाे बजेट आजै कृषि, पर्यटन, सडक, खानेपानी प्राथमिकतामा


  • 7.9K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    सातै प्रदेशकाे बजेट  आजै  कृषि, पर्यटन, सडक, खानेपानी  प्राथमिकतामा

    काठमाडाैं,१ असार ।  मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।  

    images

    प्रदेश सरकारले आ(आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप