• ट्रेण्डिङ्ग :
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता


  • 7.1K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

    काठमाडौं,२ असार। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ ।

    images

    सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो ।

    मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ । मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।


    तेस्रो आँखा
    लेखकबाट थप