• ट्रेण्डिङ्ग :
बाघको आक्रमणबाट बेपत्ता

बाघको आक्रमणबाट बेपत्ता


  • 5.8K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    बाघको आक्रमणबाट बेपत्ता

    काठमाडौं,२ असार । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले लिई जङ्गलतर्फ लागेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप