• ट्रेण्डिङ्ग :
टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु


  • 6.3K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

    काठमाडौं,२ असार । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कुष्ठरोगका बिरामीको उपचार गर्न सुरु गरेको छ । अस्पतालले एक साता अघिदेखि कुष्ठरोगीको उपचार सुरु गरेको हो । एक सातामा १० जना बिरामीले उपचारपछि औषधि सेवन गरिहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।

    images

    कुष्ठरोग उपचारका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरिएको उनले बताए । कुष्ठरोगका बिरामीलाई अन्य स्वास्थ्य संस्थाहरुले समेत रिफर गरी टेकु अस्पतालमा उपचारका लागि पठाउने गरेको उनले बताए । कुष्ठरोग उपचारका लागि अब आनन्दवन अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको  सूचना अधिकारी गौतमले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप