• ट्रेण्डिङ्ग :
करको दररेटमा राष्ट्रघात भएकोभए त्यसको जिम्मा म लिन्छु -अर्थमन्त्री शर्मा

करको दररेटमा राष्ट्रघात भएकोभए त्यसको जिम्मा म लिन्छु -अर्थमन्त्री शर्मा


  • 7.1K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    करको दररेटमा राष्ट्रघात भएकोभए त्यसको जिम्मा म लिन्छु -अर्थमन्त्री शर्मा

    काठमाडाैं,२ असार । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नभएको दावी गरेका छन् । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

    images

    डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनले दावी गरे । अर्थमन्त्री शर्माले बजेटको अघिल्लो दिन आफू साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको स्पष्टीकरण दिएका छन् ।

    बजेट आउने अघिल्लो रात अनाधिकृत व्यक्ति छिरेर करका दरमा हेरफेर गरेको आरोपबारे संसदमा स्पष्ट पार्दै अर्थमन्त्री शर्माले मन्त्रालयमा को आउँछ, जान्छ, आफूलाई थाहा नहुने समेत बताए । ‘सचिव, डिजीसहित मिलेर बनाएको बजेटको जिम्मेवारी म लिन्छु,’ उनले भने, ‘मन्त्रालयमा कुन मान्छे, भित्र आए, मलाई थाहा हुँदैन ।’ 


    तेस्रो आँखा
    लेखकबाट थप