• ट्रेण्डिङ्ग :
पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै


  • 10.0K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

    काठमाडौ,३ असार । पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो ।

    images

    साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए। महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउछन्। 


    तेस्रो आँखा
    लेखकबाट थप