• ट्रेण्डिङ्ग :
निहारिकाको मुद्दामा आरोपित झिकाउन उच्च अदालतको आदेश

निहारिकाको मुद्दामा आरोपित झिकाउन उच्च अदालतको आदेश


  • 5.4K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    निहारिकाको मुद्दामा आरोपित झिकाउन उच्च अदालतको आदेश

    काठमाडौं,३ असार। उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ । न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको छ ।

    images

    निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा आरोपित श्रेष्ठलाई झिकाउने आदेश भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकिएको छ । २१ दिनभित्र आरोपित अदालतमा हाजिर नभए एकल पैरवी हुने उनले बताए ।

    श्रेष्ठले आफूलाई फकाएर जबर्जस्ती करणी गरेको निहारिकाले बताउँदै आएकी छन् । सोही करणी पछि आफ्नो गर्भ बसेको र छोरा जन्मेको उनको भनाइ छ ।दोषीलाई कारवाहीको माग गर्दै निहारिहका आफ्ना २१ महिने छोरासहित पछिल्लो एक साता यता काठमाडौंमा अनसन बसिरहेकी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप