• ट्रेण्डिङ्ग :
जनताको हितमा इमानदारिताका साथ काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे निर्देशन

जनताको हितमा इमानदारिताका साथ काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे निर्देशन


  • 7.3K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    जनताको हितमा इमानदारिताका साथ  काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे  निर्देशन

    काठमाडौं,३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

    images

    नेपाली कांँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् ।  जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम  गरी जनभावनानुसार काम गर्न जनप्रतिनिधिसँग अनुरोध गरे ।

    कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।


    तेस्रो आँखा
    लेखकबाट थप