• ट्रेण्डिङ्ग :
ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिँदै

ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिँदै


  • 6.1K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिँदै

    काठमाडों,३ असार । ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिने भएको छ। ताप्लेजुङको सिरीजंघा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।

    images

    गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई,  ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको छिटो उद्धार गर्न निर्देशन दिएका थिए। ताप्लेजुङका प्रजिअ पोखरेलले हेलिकप्टर आइसकेको र पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई अस्पताल लगिने बताए। पहिरोमा परेर ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप