• ट्रेण्डिङ्ग :
थप ३४ जनामा कोरोना संक्रमण, १०४ जना सक्रिय संक्रमित

थप ३४ जनामा कोरोना संक्रमण, १०४ जना सक्रिय संक्रमित


  • 6.7K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    थप ३४ जनामा कोरोना संक्रमण, १०४ जना सक्रिय संक्रमित

    काठमाडौं,३ असार । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप