काठमाडाैं,३ असार । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेका छन् । आलेले आफ्नै कार्यकक्षमा बोलाएर अधिकारीलाई हातपात गरेका हुन। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेका थिए ।मन्त्रीले अश्लील गाली गर्दै उनीमाथि हातपाल गरेकाे अडियो सावर्जनिक भएकाे छ ।
पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएउदै आलटाल गरेका थिए ।
मन्त्रीका आलेले अव तपाइ नगर्नुस है भन्दै अध्यक्षलाइ गालिमात्रै गरेनन सातपात समेत गरेपछि उनी विवादमा आएका छन् । केही समय अघि मन्त्री आलेले एक सर्वसाधारणलाइ टेलिफाेन मार्यफत यस्तै गालिगरेपछि चर्माकाे विवादमा परेका थिए । मनत्रीका मान्छेहरू भर्ति नगरिदिएकाे झाेकमा उनी अधिकारी माथि खनिएका हुन् ।
