• ट्रेण्डिङ्ग :
वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 6.7K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडों,४ असार । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ  । शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    images

    मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।ठक्कर पछि घाइते ऐडीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । प्रहरीका अनुसार ऐडीलाई शुक्रबार साँझ १०ः४५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।  प्रहरीले मोटरसाइकल चालक  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई  नियन्त्रणमा लिएको छ  ।


    तेस्रो आँखा
    लेखकबाट थप