• ट्रेण्डिङ्ग :
दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार

दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार


  • 7.3K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार

    काठमाडाैं,४ असार । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका(५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका -९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

    images

    एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर(५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए । युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । पीडित  युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबारमात्र घटनाको बारेमा जानकारी पाएको थियो । पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


    तेस्रो आँखा
    लेखकबाट थप