• ट्रेण्डिङ्ग :
धादिङका किसानद्वारा २ ट्रक रासायनिक मल लुटपाट

धादिङका किसानद्वारा २ ट्रक रासायनिक मल लुटपाट


  • 6.5K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    धादिङका किसानद्वारा २ ट्रक रासायनिक मल लुटपाट

    काठमाडाैं,४ असार । नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन् । शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ । 

    images

    सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् । उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप