• ट्रेण्डिङ्ग :
काठमाडौंसहित बागमती र गण्डकी प्रदेशमा वर्षा 

काठमाडौंसहित बागमती र गण्डकी प्रदेशमा वर्षा 


  • 7.9K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    काठमाडौंसहित बागमती र गण्डकी प्रदेशमा वर्षा 

    काठमाडौं,५ असार । अहिले काठमाडौंसहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

    images

    हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    आइतबार दिउँसो  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा