• ट्रेण्डिङ्ग :
चाउचाउ किन्न गएका बसका सहचालक खोलामा खसेर बेपत्ता

चाउचाउ किन्न गएका बसका सहचालक खोलामा खसेर बेपत्ता


  • 7.1K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    चाउचाउ किन्न गएका बसका सहचालक खोलामा खसेर बेपत्ता

    काठमाडौं,५ असार । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्।  इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौंबाट धनगढीतर्फ छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक आइतबार बिहान चिप्लिएर बेपत्ता भएका हुन् ।

    images

     कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ। अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ।

     


    तेस्रो आँखा
    लेखकबाट थप