• ट्रेण्डिङ्ग :
जिप पल्टिँदा सल्यानमा एकको मृत्यु, पाँच जना घाइते

जिप पल्टिँदा सल्यानमा एकको मृत्यु, पाँच जना घाइते


  • 6.5K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    जिप पल्टिँदा सल्यानमा एकको मृत्यु, पाँच जना घाइते

    काठमाडौं,५ जेठ । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच यात्रु घाइते भएका छन्। दुर्घटनाका घाइतेमध्य जिल्लाको वनगाँड कुपेन्डे नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय मोतिलाल बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

    images

    दुर्घटनामा परेर वनडाँड ४ का ५७ वर्षीय मने बुढा, ६९ को सहदेव बुढा, ५० बर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते छन्। घाइते सबैको उपचार सल्यानमा भइरहेको प्रहरीले जनाएको छ। शनिबार बेलुकी साढे ८ बजेतिर कुपेन्ड–४ को देउलीबाट डोक्चेतर्फ फर्किने क्रममा भे १ ज १०२१ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ। चालक तथा जिपका मालिक स्थानीय उदय बुढा फरार छन्।


    तेस्रो आँखा
    लेखकबाट थप