काठमाडौं,६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा सुरु भएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गरेका हुन् ।
साधारणसभामा एन्फामातहतका ४८ जिल्ला, १४ ए डिभिजन, ११ बी डिभिजन, ९ सी डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघ तथा राष्ट्रिय लिगका लागि छानिएका चार क्लबका गरी १०४ जन प्रतिनिधि उपस्थित छन् । उद्दघाटन कार्यक्रमपछि बन्द सत्र र त्यसपछि लगत्तै चुनावी प्रक्रिया सुरु हुनेछ ।
