• ट्रेण्डिङ्ग :
समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दै

समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दै


  • 6.3K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दै

    काठमाडौं, ७ असार । एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

    images

    यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्ने छ । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ए मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप