• ट्रेण्डिङ्ग :
लमही नगरपालिकामा पाँचवर्षमा चारपांग्रे सवारी खरिदमै चार करोड खर्च

लमही नगरपालिकामा पाँचवर्षमा चारपांग्रे सवारी खरिदमै चार करोड खर्च


  • 5.6K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    लमही नगरपालिकामा पाँचवर्षमा चारपांग्रे सवारी खरिदमै चार करोड खर्च

    लमही दाङ,७ असार ।  लमही नगरपालिकाले चारपांग्रे सवारी साधन खरिदमा मात्रै झण्डै चार करोड बढी रुपैयाँ खर्च गरेको छ । स्थानीय सरकार सञ्चालनको पाँच बर्षमा उक्त रकम खर्च गरेकाे हाे । मुलुक संघीयतामा गइसकेपछि पहिलो चरण २०७४ मा भएकाे स्थानीय तहको निर्बाचनयत नगरपालिकाले यती धेरै रकमकाे सवारी खरिद गरेकाे हाे  ।

    images

    सो अवधिका तत्कालीन नगर प्रमुख कुलबहादुर केसी र आर्थिक समितिका संयोजक तथा उपप्रमुख देबका बेलबासेको पालामा लमही नगरपालिकाले बिभिन्न ९ वटा नयाँ चारपांग्रे सवारी साधन खरिद गरेको छ । सवारी साधन खरिदमा ४ करोड ३ लाख १५ हजार ९ सय ६ रुपैयाँ खर्च भएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । उनका अनुसार रा १ झ १ सय ४६ नम्बरको स्कारपियो खरिदमा ४९ लाख ६० हजार खर्च भएको छ ।

    अर्को रा १ झ ६७४ नम्बरको स्कारपियो खरिदमा ५३ लाख ८० हजार खर्च भएको हो । त्यसैगरी ३२ लाख ७५ हजारमा बा २ झ ४२ ० १ नम्बरको कार खरिद गरिएको छ । ४२ लाख ४६ हजारमा दमकल, ३५ लाखमा लोडर, ३९ लाख ४० हजारमा अर्को लोडर, १ करोड २७ लाख ८० हजारमा २ वटा टिप्पर खरिद गरिएको छ । त्यसैगरी १३ लाख ४९ हजारमा १ थान ट्रलीसहितको ट्याक्टर खरिद गरिएको छ ।

    १७ लाख ६५ हजार ४ सय ८६ रुपैयाँमा एक थान सक्सन मेसिन खरिद गरिएको छ । उक्त चारपांग्रे साधनहरु २०७४ सालपछि खरिद गरिएका हुन् । तीबाहेक लमही नगरपालिकामा साविक प्राथमिक स्वास्थ्य केन्द्रको १ थान एम्बुलेन्स एक थान शवबाहन र स्वास्थ्य चौकी सतबरियाबाट खरिद एम्बुलेन्स तथा आर्थिक बर्ष २०७२/७३ मा ३२ लाख ५ हजारमा खरिद गरिएको एक थान पिकअप भ्यान र ३५ लाखमा खरिद गरिएको एक थान लोडर रहेको छ ।

    लमही खानेपानी तथा सरसफाई संस्थाले हालको लमही नगरपालिकालाई सौजन्य उपलब्ध गराएको एक थान ट्रलीसहितको ट्याक्टर गरी चारपांग्रे सवारी साधनको संख्या १५ वटा रहेकोे सूचनाको हकअन्र्तगत माग गरेको सूचनामा उल्लेख गरिएको छ । हाईवेका प्रबन्ध निर्देशक केपी घिमिरेले सूचनाको हक प्रयोग गरी सूचना माग गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप