• ट्रेण्डिङ्ग :
एन्फाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बुधबार साँझ

एन्फाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बुधबार साँझ


  • 5.4K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    एन्फाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बुधबार साँझ

    काठमाडौं,८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार)हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ।

    images

    सोमबार बूढानीलकण्ठस्थिक पार्क भिलेजमा भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ। यद्यपि, कार्यसमितिले पूर्णता भने पाइसकेको छैन। १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ। 

    एन्फाको नवनिर्वाचित कमिटी 
    अध्यक्ष – पंकजविक्रम नेम्वाङ
    वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्क
    उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार)
    महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
    सदस्य – मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ थापा।


    तेस्रो आँखा
    लेखकबाट थप