• ट्रेण्डिङ्ग :
दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँड हुँदै

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँड हुँदै


  • 5.9K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँड हुँदै

    काठमाडौं,८ असार । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुँदैछ। कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिनेछ।

    images

    कम्पनीको आईपीओमा अन्तिम दिन ३१ जेठसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर  सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो। 

    त्यसमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर मात्रै वितरण हुनेछ । त्यस अनुसार २ लाख १ हजार ९८६ जनाले मात्रै १० कित्ता सेयर पाउनेछन्। 


    तेस्रो आँखा
    लेखकबाट थप