काठमाडौं, ८ असार । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ कार्य समितीलाई चाँडै पूर्णता दिने बताएका छन् ।
कार्यसमितीले यहि महिना भित्र पूर्णता पाउने अध्यक्ष शेर्पाकाे भनाइ छ । उनले तेस्राे आँखासँग भने, हामी यही महिनाभित्र कार्यसमिति बनाउँने तयारीमा छाैं ।’
‘नेविसंघको कार्यसमितीलाई पूर्णता दिने तयारी स्वरुप कार्यहरु भैरहेको छ ’, उनले भने ‘कार्यसमितीले यहि महिनाभित्र पूर्णता पाउँछ ।’ स्थानीय तहको निर्वाचन लगायतका कारणले कार्यसमितीलाई पूर्णता दिन समय लागेको उनको भनाइ छ ।
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले २०७८ चैत्र ९ गते नेविसघंको अध्यक्षमा दुजाङ शेर्पालाई र तरुनदलकाे अध्यक्षमा विद्धान गुरुङलाइ चयन गरेका थिए । नेतृत्व पाएको तीन महिनासम्म पनि कार्यसमितीले पुर्णता पाउन सकेको छैन ।
