• ट्रेण्डिङ्ग :
टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


  • 5.4K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    काठमाडाैं,९ असार ।  भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो ।

    images

    मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए । अर्का एकजनाको भने सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप