• ट्रेण्डिङ्ग :
न्यायाधीश र अधिवक्ताबीचको अडियो प्रकरणबारे अनुसन्धान भैरहेको छ: मन्त्री गोविन्द बन्दी

न्यायाधीश र अधिवक्ताबीचको अडियो प्रकरणबारे अनुसन्धान भैरहेको छ: मन्त्री गोविन्द बन्दी


  • 6.8K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    न्यायाधीश र अधिवक्ताबीचको अडियो प्रकरणबारे अनुसन्धान भैरहेको छ: मन्त्री गोविन्द बन्दी

    काठमाडौं, ९ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको बताएका छन् ।

    images

    न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो । बिहीबार यसै विषयमा संघीय संसद भवनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताएका हुन् ।

    ‘जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ’ मन्त्री बन्दीले भने । त्यो घटना बाहेक पनि न्यायालय भित्र विकृति र विसंगति रहेको उनले बताए । न्यायाधिशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने काम अघि बढाएको बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप