• ट्रेण्डिङ्ग :
सुर्खेतमा बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन

सुर्खेतमा बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन


  • 5.2K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    सुर्खेतमा बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन

     काठमाडाैं,९ असार । सुर्खेतको वीरेन्द्रनगरमा भेटिएको ‘बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ । बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो । 

    images

    बर्डफ्लु देखिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा बसेको प्राविधिक समितिको बैठकले नियन्त्रणका लागि आवश्यक तयारी थालिएको हो ।  सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार पूर्वमा हरिडिल भूमि मावि जाने बाटो, पश्चिममा राना टोलको पिच बाटो, उत्तरमा जुम्ला रोड र दक्षिणमा राना टोलको ग्राभेल बाटो भित्रको एरियालाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा गरिएको छ । बर्डफ्लु भेटिएको फर्ममा एक हजार ५ सय टर्की रहेका छन् । 

    प्रमुख जिल्ला अधिकारी रिजालले पंक्षी तथा पंक्षीजन्य व्यवसायबाट संलग्न व्यवसायी तथा आम उपभोक्ताले सतर्कता अपनाई व्यापार, व्यवसाय सञ्चालन गर्न तथा उपभोग गर्न अनुरोध गरेका छन् । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप