काठमाडौं, १० असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।
तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो । समूह चरणमा तीन खेल जितेको नेपाल हङकङसँग पराजित भएको थियो । अहिले नेपाललाई त्यही हार महँगो बन्यो ।
अंक तालिका
हङकङ ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्षस्थानमा रह्यो । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कुवेत ४ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । भुटान ४ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रह्यो । बहराइन खेलमा २ मा हारका साथ १ अंकसाथ पुछारमा रह्यो ।
युएई समूह ए मा ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । कतार ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर ४ खेलमा २ अंकका साथ चौथो र ओमान ४ खेलमा १ अंकका साथ पुछारमा छ ।
