• ट्रेण्डिङ्ग :
म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस आर्सनलमा जाने

म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस आर्सनलमा जाने


  • 6.5K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस आर्सनलमा जाने

    काठमाडौं, ११ असार । इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस अर्को प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धित हुने भएका छन् ।

    images

    जेसस अनुबन्धका लागि आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डको सहमति भएको बताईएको छ । आर्सनलले सम्झौताको औपचारिकता चाँडै टुंग्याउन खोज्नेछ । यसो हुन सके जेसस मिकेल अर्टेटाको अमेरिका भ्रमणको टोलीमा रहनेछ ।

    आर्सनलले २५ वर्षीय ब्राजिली फरवार्ड अनुबन्धको लागि लगातार योजना बुनिरहँदा सफल भएको हो । २०१६–१७ को सिजनमा सिटीमा अनुबन्धित भएका थिए । जेससले सिटीका लागि १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।

    जेससले सिटीबाट चारपटक प्रिमियर लिग, दुईपटक इएफएल कप र कम्युनिटी सिशल्ड तथा एकपटक एफए कप जितेका छन् ।आर्सनलले पोर्चुगिज क्लब पोर्टो मिडफिल्डर फाबियो भिरियालाई पहिले नै अनुबन्ध गरिसकेको छ र लीड्स युनाइटेड विङ्गर राफिन्हालाई पनि ल्याउने प्रयास गरिरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप