• ट्रेण्डिङ्ग :
कोरोना बिमामा भुक्तानी दिन उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासकाे परमादेश जारी

कोरोना बिमामा भुक्तानी दिन उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासकाे परमादेश जारी


  • 10.9K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    कोरोना बिमामा भुक्तानी दिन उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासकाे परमादेश जारी

     काठमाडाैं,१२ असार ।  कोरोना बिमामा बिमितलाई भुक्तानी दिन उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले परमादेश जारी गरेको छ । कोरोना बिमाबापतको रकम दिन विपक्षी बिमा कम्पनीका नाममा परमादेश जारी गरिएको उच्च अदालत तुलसीपुरअन्तर्गत नेपालगन्ज इजलासका सूचना अधिकारी नारायणदत्त ओझाले जानकारी दिए ।

    images

    ‘परमादेशमा सम्बन्धित बिमा कम्पनीलाई बिमितको रकम भुक्तानी दिन भनिएको छ,’ उनले भने, ‘बिमा गर्दा कम्पनी र बिमितबीच सम्झौता भएकाले बिमालेख बिक्री गर्ने कम्पनीका नाममा परमादेश जारी भएको हो ।’ कोरोना बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बिमा कम्पनीका नाममा उक्त आदेश जारी गरेका हुन् ।

    बाँकेमा सञ्चालनमा रहेका सिद्धार्थ, शिखर, राष्ट्रिय बिमा संस्थानलगायतका २० बिमा कम्पनीले कोरोना बिमा गराए पनि सम्झौता अनुसार बिमा रकम नदिएपछि मर्कामा परेका बिमितको हकमा एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक अधिवक्ता गौतम, बार एसोसिएसनका उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, अधिवक्ताहरू लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र (इन्सेक) का भोला महतले संयुक्त रुपमा रिट दायर गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप