• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात भाडा समायोजन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात भाडा समायोजन


  • 8.4K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात भाडा समायोजन

    काठमाडाैं,१२ असार । सरकारले गाडी भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।

    images

    विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

    सरकारले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटे भाडा समायोजन गर्दै आएको छ । हिजो रातिबाट डिजेल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रूपैयाँ घटेको थियो । नयाँ भाडा दर आजबाट नै लागू हुनेछ । 


    तेस्रो आँखा
    लेखकबाट थप