• ट्रेण्डिङ्ग :
सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी


  • 5.7K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

    एजेन्सी, १४ असार । सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ । 

    images

    केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर सुडान सरकारले सोमबार सो निर्णय गरेको हो । सुडान सरकारका प्रवक्ताका अनुसार उक्त विषयमा यहाँस्थित इथियोपियाली राजदूतलाई बोलाएर सुडानले जानकारी दिइसकेको छ । सुडानले पनि अदिसअबाबाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

    सुडानले लामो समयदेखि नै आफ्ना सैनिक र एक सर्वसाधारणको हत्याको छानबीन गरी त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । इथियोपियाले त्यस विषयमा कुनै चासो नदिएपछि सुडानले इथियोपियाविरुद्ध संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दर्ता गर्न लागेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप